News

शुक्रवार: माता लक्ष्मीलाई खुसी पार्न गर्नुहोस् यी काम

शुक्रवार: माता लक्ष्मीलाई खुसी पार्न गर्नुहोस् यी काम

काठमाडौंः सनातन हिन्दू धर्ममा शुक्रवारलाई लक्ष्मी र वैभव–विलासको दिन मान्ने गरिन्छ । आज माता लक्ष्मीलाई खुसी पार्न सकेको खण्डमा धन वर्षा हुने पनि मान्यता रहेको छ। यसै अवसरमा आज हामी माता लक्ष्मीलाई खुसी पार्न अपनाउनुपर्ने उपायहरुका बारेमा जानकारी गराउँदै छौं, जसले गर्दा तपाईको जीवनमा सधैं सुख शान्ति र समृद्धि प्राप्त हुनेछ ।

भनिन्छ माता लक्ष्मी जुनसुकै समय मापनि घरमा आउन सक्छिन । तथापि साँझको समयमा घरमा लक्ष्मीको प्रवेश हुने भएकाले साँझमा माताको नाममा दीप प्रज्वलन गर्नुलाई शुभ मानिन्छ ।

शुक्रवार बिहानै शुद्ध मनले गाईलाई रोटी खुवाउँदा पनि लक्ष्मी प्रसन्न हुने मान्यता रहेको छ ।

शुक्रवारको दिन सम्भवत घर सरसफाई गर्नुहुँदैन यसले घरमा लक्ष्मीको वास नहुने बिश्वास गरिन्छ ।

यसका अलावा अरु के गर्ने?

घरमा तुलसी रोप्ने र नियमित पुजा गर्ने 

पानीमा चन्दन मिसाएर स्नान गर्ने

चाँदी या चन्दनको टुक्रालाई नदीमा बहाउने 

सुगन्धित वस्तुहरुको प्रयोग गर्ने 

शुक्रबार लक्ष्मी पूजा

विशेष