News

बालाजु जेसिसको चौंथो बार्षिक साधारणसभा सम्पन्न

बालाजु जेसिसको चौंथो बार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ। बालाजु जेसिसको चौंथो बार्षिक साधारणसभा बिहिबार एक कार्यक्रमका बिचमा सम्पन्न भएको छ। महेन्द्र भण्डारीको अध्यक्षतामा सो कार्यकम सम्पन्न भएको हो। 

मन्त्रीपरीषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रेग्मीले जेसिसको सक्रिय यूवाले नेतृत्व सम्हालेपछि समाजको विकासमा गुणात्मक फड्को मार्ने बिश्वास व्यक्त गरे। 

उनले समाजमा नैतिकताको खडेरी पर्न थालेको अवस्थामा जेसिज अभियानमा लागेका यूवाहरुले स्कूल तहमा पनि नैतिक शिक्षा दिएर यूवालाई नैतिकवान, संस्कारी बनाउन सुझाव दिए । नेपालको समाज बुझेर दिगो विकासका अवधारणा अनुसार जेसिजले जुन काम गरेको छ त्यो सबै सामु उदाहरणीय रहेको बताए।

नव निर्वाचित अध्यक्ष भण्डारीले बालाजु जेसिजलाई वर्ष २०१९ मा शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, महिला शसक्तिकरण तथा नेतृत्व र व्यक्तित्व विकासका क्षेत्रमा काम गर्ने बताए । कार्यक्रमका विशिष्ट अतिथी नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष विष्णुहरी पाण्डेले नयाँ नेतृत्वको सक्षम यूवाको आगमनसंगै बालाजु जेसिसले बर्ष २०२० मा उदाहरणीय काम गर्ने विश्वास व्यक्त गरे । पाण्डेले बालाजुृ जेसिजले गर्ने शैक्षिक क्षेत्रमा गर्ने कार्यक्रमहरुमा ईक्यानले सहयोग गर्ने समेत बताए ।
कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जेसि मोहनलाल डाँगी, बालाजु जेसिजका संस्थापक अध्यक्ष श्रीराम पौडेल, वर्ष २०१८ का अध्यक्ष गोविन्द खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले सक्रिय यूवाहरुको संस्था भएकोले जेसिजले समाज परीवर्तनमा भूमिका खेल्ने बताए ।

बालाजु जेसीजका लागि वर्ष २०१९ का लागी अध्यक्ष महेन्द्र भण्डारीे शाखाको कार्यकारीणी उपाध्यक्षमा केशवराज खनाल र, पर्वत पौडेल, उपाध्यक्षहरुमा शर्मिला भट्टराई, सिता भण्डारी, राधिका खत्री र मनिष अर्याल रहेका छन् ।

यसैगरी महासचिवमा दिपेन्द्र भट्टराई, कोषाध्यक्षमा सिता पाण्डे पौडेल, कानुनी सल्लाहकारमा राजन गुरुङ, सह कोषाध्यक्षमा श्यामबहादुर खनाल, प्रकरण निर्देशकमा अनिता पन्थ, सहसचिवमा सरिता भुषाल, तालिम निर्देशकमा रिमा अधिकारी, सञ्चार संयोजकमा भरत पाण्डे, कोष बृद्धि संयोजकमा अमितकुमार श्रेष्ठ, र आयटी कोर्डिनेटरमा सुरज विक रहेका छन ।

बालाजु जेसीस

विशेष