News

जन्मदिनमा चन्द्रागिरीमा निशुल्क केबलकार सेवा

जन्मदिनमा चन्द्रागिरीमा निशुल्क केबलकार सेवा

काठमाडौँ। चन्द्रागिरि केवलकारले आन्तरिक तथा बाह्य पर्यटकलाई प्रर्वद्धन गर्न विशेष अफर ल्याएको छ । पर्यटकलाई आकर्षण गर्न चन्द्रागिरीले जन्मदिनको अवसरमा निशुल्क केवलकार सेवा प्रदान गर्ने भएको छ।

जन्मदिनको अवसरमा चन्द्रागिरि भ्रमणमा प्रोत्साहन गर्ने र जन्मदिनलाई विशेष बनाउने उद्देश्यले यस्तो योजना ल्याइएको जनाएको हो ।

ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ । योजना अन्र्तगतको सेवा लिन पर्यटकले जन्म दिनखुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्ने कम्पनीले जनाएको छ ।

 

चन्द्रागिरी नि:शुल्क केवलकार

विशेष