दैलेखमा चट्याङ लागेर एकको मृत्यु, ४ जना घाइते
दैलेखः जिल्लाको महाबु गाउँपालिका–६ को लामीडाँडामा बिहीबार साँझ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर लामीडाँडाकी ३३ वर्षीया निर्मला विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी नैनबहादुर साउँदका अनुसार अन्य चार जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा लामीडाँडाकै ३० वर्षीया मनिषा विक, २९ वर्षीया झुपा विक, २७ वर्षीया कोपिला विक र ३० वर्षीय नवराज कार्की रहेको प्रहरीले जनाएको छ ।
सडकको काम गरेर घर फर्किने क्रममा जोडले हावाहुरी चलेपछि स्थानीय मदन क्षेत्रीको घरमा ओत लागेको बेला त्यही घरमा चट्याङ परेपछि घटना भएको महाबु गाउँपालिका–६ का वडा सदस्य दलबहादुर विकले बताए ।
चट्याङ दैलेख