News

भारत भन्छ: कालापानी क्षेत्र भारतकै हो, कुनै पनि हालतमा नक्सा परिवर्तन हुँदैन

भारत भन्छ: कालापानी क्षेत्र  भारतकै हो, कुनै पनि हालतमा नक्सा परिवर्तन हुँदैन

काठमाडौं । नेपालले कालापानी आफ्नो भनी दाबी गरिरहँदा भारतीय पक्षले भने कालापानी आफ्नो देशको सार्वभौम क्षेत्र भएको दाबी गर्दै कुनै पनि हालतमा नक्सा परिवर्तन नगर्ने प्रस्ट पारेको छ । 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सीमाको विषयमा भारत स्पष्ट रहेको बिहीबारको प्रेस ब्रिफिङमा बताएका छन् । साप्ताहिक पत्रकार सम्मेलनमा उनले भने, ‘कालापानी क्षेत्र भारतको मानचित्र हो, सार्वभौम क्षेत्र हो ।’ 

उनले सीमाको विषयमा कुनै विवाद नभएको समेत स्पष्ट पारेका छन् । उनले आफूहरूले जारी गरेको नयाँ नक्सा सही भएको दाबी गरे । ‘हाम्रो नक्साले ठीकसँग भारतको भूभागलाई समेटेको छ,’ उनले भने, ‘यसले नेपाललाई कुनै असर गर्दैन ।’

नेपाललाई हानि–नोक्सान पु¥याउने गरी आफ्नो राजनीतिक नक्सा नबनेको समेत उनले पत्रकार सम्मेलनमा बताए । योसँगै भारतले सीमा नक्सा परिवर्तन नगर्ने जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन । 
 

कालापानी क्षेत्र भारतीय प्रतिक्रिया

विशेष