सिन्धुलीमा जीप दुर्घटना, एक जनाको मृत्यु

सिन्धुलीः सिन्धुलीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पूर्वबाट काठमाडौंतर्फ आइरहेको स १ च १००९ नम्बरको जीप सिन्धुलीको खनियाँखर्क र गढीको बीचमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको र एक जना घाइते भएका छन् ।
घटना बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सिन्धुली जीप दुर्घटना