महिलालाई टिपरले किचेपछि गोरखाकाे अवस्था तनावग्रस्त, २० टिपर र ६ एक्साभेटरमाथि तोडफोड
काठमाडौंः आज बिहान दूध बेच्न भन्दै घरबाट निस्केकी गोरखा नगरपालिका–१० अमलापानीकी ५२ वर्षीया मनमाया तामाङलाई टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भयो । ठक्करबाट भुइँमा लडेकी मनमायालाई ग१ख ८०२७ नम्बरको टिपरले ब्याक गरेर किचेर मारेको आरोप स्थानीयले लगाएका छन् ।
मनमायाको टिपरको ठक्करबाट मृत्यु भएपछि आक्रोशित स्थानीयले २० वटा टिपर र ६ वटा एक्साभेटरमाथि तोडफोड गरेका छन् । घटनास्थलमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
बाक्लो कुहिरोको कारण बाटो राम्रोसँग नदेखेपछि टिपरले ठक्कर दिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी बासुदेव खतिवडाले बताए ।
गोरखा तोडफोड