News

ललितपुरबाट ३ लाख ७० हजारसहित ११ जुवाडे पक्राउ

ललितपुरबाट ३ लाख ७० हजारसहित ११ जुवाडे पक्राउ

काठमाडौंः ललितपुर महानगरपालिका–३ झम्सीखेलबाट ६ जुवाडेलाई पक्राउ गरिएको छ । ‘द वर्गर हाउस’मा जुवातास खेलिरहेको अवस्थामा वर्गर हाउसका सञ्चालक ३७ वर्षीय तेज बहादुर तामाङ लगायत ६ जनालाई नगद ३ लाख ७० हजार रुपैयाँ र ३ बुक तास सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका–१८ नवलपुर बस्ने मिनराज घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा बंगलाचुली गाउँपालिका–५ बस्ने ३४ वर्षीय तिलक पुन लगायत ५ जनालाई  प्हरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट नगद ३७ हजार ५ सय ४० रुपैयाँ बरामद भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार यसबारे थप अनुसन्धान भइरहेको छ । 

ललितपुर जुवाडे पक्राउ

विशेष