एसएसपी शौरभ राणा निलम्बित

काठमाडौंः नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ शमशेर राणा निलम्बित भएका छन् ।
शुक्रबार संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत एसएसपी राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो ।
यौन हिंसाको उजुरी परेपछि एसएसपी राणा विवादमा तानिएका थिए । यौन हिंसा गरेको उजुरी परेपछि एसएसपी राणालाई बहालमै राखेर अनुसन्धान गर्दा प्रमाण लोप हुनसक्ने भन्दै अनुसन्धानका लागि निलम्बन गरिएको प्रहरी हेडक्वार्टरले जनाएको छ ।
नेपाल प्रहरी निलम्बित गृह मन्त्रालय शौरभ शमशेर राणा