गृहसचिव राईद्वारा राजीनामा

काठमाडौंः गृहमन्त्रालयका सचिव प्रेमकुमार राईले राजीनामा दिएका छन् । उनले सेवा अवधिका कारण अनिवार्य अवकाश पाउनुभन्दा २ दिन अघिदेखि लागू हुने गरी राजीनामा दिएका हुन् ।
राईले यही माघ २२ गतेदेखि अनिवार्य अवकाश पाउँदै छन् । सचिव राईले मुख्यसचिव लोकदर्शन रेग्मी समक्ष माघ २० गतेदेखि लागू हुने गरी राजीनामा बुझाएका हुन् ।
राजीनामा प्रेमकुमार राई