विदेश

अष्ट्रेलियाको डढेलो नियन्त्रण बाहिर गएपछि आपतकालीन घोषणा

अष्ट्रेलियाको डढेलो नियन्त्रण बाहिर गएपछि आपतकालीन घोषणा

काठमाडौंः अष्ट्रेलियाको क्यानबेरामा बढ्दो डढेलो नियन्त्रणमा नआएपछि आपतकालीन घोषणा गरिएको छ । शुक्रबार अष्ट्रेलियाका अधिकारीहरूले राजधानी सहर क्यानबेरा र वरपरका क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर भएपछि आपतकालीन घोषणा गरेका हुन्।

क्यानबेराका मुख्यमन्त्री एन्ड्रिउ बार्रले सन् २००३ मा लागेको डढेलोपछि पहिलो पटक आपतकालीन घोषणा गरेको बताएका हुन् ।

अधिकारीका अनुसार अनियन्त्रित डढेलो १८५ स्क्वायर किलोमिटरसम्म फैलिसकेको छ । उक्त आपतकालीन अवस्था ७२ घण्टासम्म लागू हुने र अधिकारीहरूलाई सहर खाली गर्न, सडक बन्द गर्न अधिकार दिइएको रोयटर्सले जनाएको छ ।

गत सेप्टेम्बरदेखि अस्ट्रेलियाको इष्ट कोस्टसम्म फैलिएको डढेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकहरूले प्रयास गरिरहेका छन् ।

डढेलोले ३३ जनाको ज्यान गइसकेको छ भने ५० करोडभन्दा बढी पशुपंक्षीको मृत्यु भइसकेको बताइएको छ । करिब २५ सय घर आगोले नष्ट भइसकेका छन् ।

 

अष्ट्रेलिया डढेलो आपतकालीन घोषणा

विशेष