News

यौन दुर्व्यवहारको आरोप लागेपछि छानविन गर्न तीन सदस्यीय समिति गठन

यौन दुर्व्यवहारको आरोप लागेपछि छानविन गर्न तीन सदस्यीय समिति गठन

धरान – संघीय प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी शौरभ राणामाथि  यौन दुर्व्यवहारको आरोप लागेपछि छानविन गर्न तीन सदस्यीय समिति गठन भएको छ।  

स्थानीय एक महिलालाई यौन दुव्र्यवहार गरेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको थियो।प्रहरी प्रधान कार्यालयले उजुरीमाथि छानविन नगरेको भन्दै पीडित महिलाले गृहमन्त्री रामबहादुर थापा र गृहमन्त्रालयमा समेत उजुरी दर्ता गराएपछि एसएसपी राणा निलम्बनमा परेका हुन् । 

गृहमन्त्रालयको बिहीबार बसेको बैठकले एसएसपी राणलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको गृह प्रवक्ता सहसचिव केदारनाथ शर्माले जानकारी दिए।

उनले राणाविरुद्ध उजुरी परेपछि छानविनका लागि तीन सदस्य समिति समेत गठन गरेको बताए। राणाले आफूलाई डरधम्की दिँदै यौन दुव्र्यवहार गरेको भन्दै पीडित महिलाले गृहमन्त्रालयमा उजुरी दिएको बताइएको छ । राणाले ज्यानमार्ने धम्कीका म्यासेज समेत पीडित महिलाको मोबाइमा पठाएको बुझिएको छ ।  

यता निलम्बनमा परेका एसएसपी शौरभ राणा भने कार्यालय प्रमुखकै हैसियतमा संघीय प्रहरी कार्यालय धरानको कार्यभार सम्हालिरहेका छन् । उनले आफूलाई गृहमन्त्रालयले निलम्बन गरेको विषयमा औपचारिक जानकारी नआइसकेको बताएका छन् । 

विशेष