९ वर्षीय छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैद
सन्धिखर्क– अर्घाखाँचीमा ९ वर्षीय छोरी छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला भएको छ। शितगंगा नगरपालिकामा आफ्नै ९ र्षीयय छोरीलाई जवरजस्ती बलत्कार गर्ने नाम परिवर्तन बाबु हिरालाई जिल्ला अदालत अर्घाखाँचीले जन्म कैदको फैसला सुनाएको हो ।
शितगंगा नगरपालीका वडा ४ का हिराले आफ्नै ९ वर्षकी छोरीलाई जबरजस्ती करणी तथा हाडनाता करुणी गरेको अभियोगमा बाबुलाइ जिल्ला न्यायधीश बासुदेव न्यौपानेको इजलासबाट जन्म कैद हुने ठहरी फैसला भएको निमित्त श्रेस्तेदार नारायण बहादुर भट्टराईले जानकारी दिए ।
निजले गएको साउन २ गते आफुनै ९ बर्षिय छोरीलाइ जबरजस्ती करणी गरेपछि उनी विरुद्ध मुद्धा दर्ता भएको थियो । १० बर्ष भन्दा कम उमेरका बालबालिकालाई जबरजस्ती करणी गरेमा कानूनमा व्यबस्था भए बमोजिम जन्म कैदको फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार टेकराज गैरेले बताए ।
त्यस्तै सन्धिखर्कको डिभर्नामा ५ बर्षिय नातिनीलाई बलत्कार गर्ने हजुरबुबा लाई २० बर्ष कैद र ४० हजार जरिवानाको फैसला जिल्ला अदालतले गरेको सुचना अधिकारी गैरेले बताए ।