News

सहर सुन्दर बनाउने अभियानमा तीव्रता

सहर सुन्दर बनाउने अभियानमा तीव्रता

काठमाडौं। काठमाडौं महानगरपालिकाले अनधिकृत रूपमा राखिएको पोस्टर टाँस्नेबाट कारबाही स्वरूप १ लाख ७० हजार असुल गरेको छ । 

विभिन्न स्थानमा नियमविपरीत राखिएको पर्चा र सामग्री हटाउने क्रममा कामपाले कारबाहीस्वरूप सो रकम असुल गरेको हो । महानगरपालिकाले प्रचारप्रसारका लागि सहरका विभिन्न स्थानमा राखिएका होर्डिङ बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत सहरी दृश्य प्रदूषण हुने प्रचार सामग्री हटाउने काम गत शुक्रबारदेखि सुरु गरेको थियो । 

सहरको सौन्दर्य बिगार्नेमा सबैभन्दा बढी तीनकुने, बानेश्वर, पुतली सडक, थापाथलीलगायत स्थान रहेको पाइएको छ । कामपाले आगामी एक महिनामा सक्नेगरी हरेक दिन चार टोली खटाएर प्रचार सामग्री हटाउने कार्य गरिरहेको महानगरले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।  

अभियान सहर सुन्दर

विशेष