बाँकेमा चट्याङ लागेर ५ जना घाइते

बाँकेः चट्याङ लागेर बाँकेमा पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१३, महापुर्वाका गुरुदीन खटिकको घरमा शुक्रवार विहान करिव ४ बजेतिर परेको चट्याङ लागेर उनीसहित पाँच जना घाइते भएका हुन् ।
घाइते सबैको भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । चट्याङ लागेर खटिकको एउटा बंगुर मरेको बाँके प्रहरीले जनाएको छ।
बाँके चट्याङ