News

चिसोले जनजीवन कष्टकर, काठमाडौँमा बिहानैदेखि पानी पर्न थाल्यो

चिसोले जनजीवन कष्टकर, काठमाडौँमा बिहानैदेखि पानी पर्न थाल्यो

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण उपत्यका लगायत देशभर चिसो बढेको छ ।

काठमाडौंमा बिहानदेखि सिमसिम पानी परेको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १६ देखि १८ डिग्री सेल्सियसबीच रहने महाशाखाले जनाएको छ ।

आज सबैभन्दा चिसो डडेल्धुरा रहेको छ । डडेल्धुराको आजको न्यूनतम् तापक्रम १.५ डिग्री सेल्सियस छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज  देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा  भारी  हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा मध्यम वर्षाको संभावना रहेको छ ।

आजराति देशभर  सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा वर्षा हुने जनाईएको छ । हिमपात र वर्षाका कारण अत्यधिक चिसो बढ्ने हुँदा सर्तकता अपनाउन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

यता मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले जनजीवन प्रभावित बनेको छ ।

 

काठमाडौँमा पानी पर्यो

विशेष