मोटरसाइकल दुर्घटनामा युवतीको मृत्यु

तुलसीपुरः दाङको तुलसीपुर उपमहानगरपालिकामा मोटरसाइकल दुर्घटनामा एक महिलाको ज्यान गएको छ । बिहीवार राति सवा ८ बजे घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ८४२ नम्बरको मोटरसाइलक तुलसीपुरको बेलझुण्डीमा दुर्घटना हुँदा तुलसीपुर–११ की २४ वर्षीया पवित्रा डाँगी गम्भीर घाइते भएकी थिइन् ।
तुलसीपुर–६ बरुवामा बस्दै आएकी उनको उपचारको क्रममा राप्ती लाइभ केयर हस्पिटल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक चक्रबहादुर डम्मरपालले जानकारी दिए । मोटरसाइकल चालक तुलसीपुर–९ बेलुवाका ४८ वर्षीय कुलबहादुर डाँगी सामान्य घाइते भएका छन् । घाइते डाँगीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । (फाइल तस्बिर)
दाङ मोटरसाइकल दुर्घटना