News

सशस्त्रको इन्सपेक्टर र असईका लागि दरखास्त म्याद थपियो

सशस्त्रको इन्सपेक्टर र असईका लागि दरखास्त म्याद थपियो

काठमाडौंः सशस्त्र प्रहरीको इन्पेक्टर र असईका लागि दरखास्त दिने म्याद १५ दिन थप भएको छ । सशस्त्र प्रहरी बल नेपालको भर्ना छनोट शाखाले आज सम्म दरखास्त दिने म्याद राखेको भएपनि  अझै १५ दिनका लागि दरखास्त म्याद थपेको हो।

अब दरखास्त दिने म्याद माघ तीन गते अन्तिम भएको छ ।  गत मंसिर १८ गते सशस्त्रले ५८ जना सशस्त्र प्रहरी निरीक्षक र २ सय २९ जना सहायक निरीक्षक (असई) को माग गरेको थियो । जसमा १ सय २८ खुला, तीन अमर सन्तति, २२ महिला, ३५ आदिवासी, १६ दलित र पाँच पिछडिएको क्षेत्रका असई मागेको थियो ।

त्यस्तै इन्सपेक्टरमा ३१ खुला, १ अमर सन्तति, ५ महिला, ९ आदिवासी, ७ मधेशी, ४ दलित र १ पिछडिएको क्षेत्रबाट माग गरेको छ । 

सशस्त्र प्रहरी असई दरखास्त इन्पेक्टर

विशेष