थापागाउँमा पार्किङ गरिराखेको भ्यानमा आगजनी

काठमाडौँ । शुक्रबार बिहान तीन बजे काठमाडौं महानगरपालिका १० बानेश्वर थापागाउँस्थित पार्किङ गरिरहेको भ्यानमा आगजनी भएको छ।
आगलागीबाट राम बहादुर ठकुरीको बा ८ च ९६४४ नम्बरको भ्यानको अगाडिका सिट र अन्य केही भागमा जलेको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दुर्गा रेग्मीले जनाएका छन ।
आगलागी भएको खबर पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुगेर नियन्त्रणमा लिएको थियो। भ्यानमा आगो लगाइएको हो कि लागेको हो भन्नेबारे थप अनुन्धान भइरहेको डिएसपी रेग्मीले बताए।
आगजनी