राजपाले टु‌ंगाे लगायाे राष्ट्रियसभाकाे उम्मेदवार

राजपाले टु‌ंगाे लगायाे राष्ट्रियसभाकाे उम्मेदवार

काठमाडौँ — राष्ट्रिय जनता पार्टीले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारकाे टुंगाे लगाएकाे छ। राजपाले प्रदेश २ बाट राष्ट्रियसभामा मृगेन्द्रसिंह यादव र शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरिएको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

उनका अनुसार शनिबार बसेको अध्यक्ष मण्डलको बैठकले दुवै जनालाई राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।वरिष्ठ उपाध्यक्ष समेत रहेका यादवलाई अन्य समूहबाट उम्मेदवार बनाइएको हो।

त्यस्तै, शेखरकुमारलाई भने अल्पसंख्यकको समूहबाट उम्मेदवार बनाउन लागिएको यादवले जानकारी दिए। राजपाले प्रदेश २ बाट मात्रै राष्ट्रियसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएको पनि उनले जानकारी दिए।

प्रदेश २ मा खाली हुन लागेका राष्ट्रियसभाका ४ सिटका लागि राजपा र नेकपाले गठबन्धन गरेका छन्। दुवै पार्टीले २-२ सिट बाँडेका हुन्। यो प्रदेशमा प्रतिपक्षी कांग्रेस र समाजवादी पार्टीले पनि चुनावी गठबन्धन घोषणा गरेका छन्।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश २ बाट नेकपा-राजपा गठबन्धन निर्वाचित हुने सम्भावना बलियो। यो प्रदेशमा यी दुई पार्टी मिल्दा स्वतः बहुमत पुग्छ।माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आइतबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ।

संम्बधित खबर

विशेष