News

उपत्यकाको फोहोर फागुनदेखि बन्चरेडाँडामा

उपत्यकाको फोहोर फागुनदेखि बन्चरेडाँडामा

बन्चरेडाँडा ।  काठमाडौँ उपत्यकाको फोहोरमैला आउँदो फागुनदेखि बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट लैजाने तयारी भएको छ । नुवाकोटको ककनी–२, बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइटको सेल नं। १ माघ अन्तिमसम्म तयार हुने जनाइएको छ ।

आगामी फागुन १ देखि फोहोरमैला व्यवस्थापन गर्न दिने तयारी भइरहेको सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । बन्चरे डाँडा काठमाडौँबाट २७ किलोमिटर उत्तरपश्चिममा पर्छ ।  विभागका महानिर्देशक मणिराम गेलालका अनुसार तत्काल फोहोर व्यवस्थापनका लागि तयार पार्नुपर्ने भएकाले यो ल्यान्डफिल साइट दुई भागमा विभाजन गरी निर्माण हुँदैछ । 

पहिलो चरणमा सेल नं। १ मा फोहोर व्यवस्थापन गर्दै सेल नं। २ को बाँकी काम गरिनेछ । अब कुनै पनि बहानामा काम नरोकी समयमै निर्माण सम्पन्न गरी व्यवस्थापनका लागि हस्तान्तरण गरिने विभागका अधिकारीहरू बताउँछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा शान्ती लामाले लेखेकी छिन ।   
 

फोहोर बन्चरेडाँडा

विशेष