News

शनिदेवलाई खुशी पार्न शनिवार यसो गर्नुहोस्, हुनसक्छ लाभ

शनिदेवलाई खुशी पार्न शनिवार यसो गर्नुहोस्, हुनसक्छ लाभ

आज शनिवार, मान्यता अनुसार शनिवारलाई भगवान शनिदेवको दिन मान्ने गरिन्छ। शास्त्रका अनुसार शनिदेव न्यायका देवता पनि हुन् । शनिदेवलाई खुसि पार्न अत्यन्तै गाह्रो छ ।  उनलाई खुसि बनाउन सकिएन भने राजालाई रंक र रंकलाई राजा समेत बनाउन सक्छन । यदि सफा मनले शनिदेवको ध्यान गरेमा शनिदेव छिट्टै नै प्रसन्न हुने पनि विभिन्न धार्मिक शास्त्रहरुमा उल्लेख गरिएको छ।  

आज हामी शनिदेवलाई प्रसन्न पार्न अपनाउनु पर्ने केहि उपायका बारेमा बताउन जादैछौं । शनिदेव प्रसन्न भएमा जिवनका हरेक दुख कष्ट अन्त्य हुनेछ ।  मान्यता अनुसार शनिवारको दिन यस मन्त्रको जप गर्नाले शनिदेवलाई खुसि पार्न सकिन्छ। 

शनिदेवको तान्त्रिक मन्त्र: ऊँ प्रां प्रीं प्रौं सः शनये नमः।

शनि देवको वैदिक मंत्र- ऊँ शन्नो देवीरभिष्टडआपो भवन्तुपीतये।

शनि देवको एकाक्षरी मंत्र- ऊँ शं शनैश्चाराय नमः।

शनि देवको गायत्री मंत्र- ऊँ भगभवाय विद्महैं मृत्युरुपाय धीमहि तन्नो शनिः प्रचोद्यात्।

यसका अलावा आउनुहोस शनिदेवलाई खुसि पार्न अपनाउनुपर्ने अन्य उपायहरु :

- शनिवार तेलमा बनाईएको खानेकुरा असहायलाई खुवाउदा शनिदेव प्रसन्न हुनेछन

-साँझमा दुगन्धित धुप बाल्ने  तथा शनिदेवको नाममा दीप जलाउने 

-भिखारीलाई कालो मास दान गर्ने 

-कालो मास पानीमा बहाउने 

-शनिवार राती रक्तचन्दनले भोजपत्रमा ’ऊं ह्वीं लेखेर नित्य पुजा गर्नाले अपार विद्या बुद्धि प्राप्त हुनेछ

-शनिवार कालो कुकुर, कालो गाईलाई रोटि खुवाउनाले जीवनमा रोकिएका कामहरु सम्पादन भएर जानेछ

 

 

शनिवार शनिदेवको पूजा धार्मिक शास्त्र

विशेष