News

३ दिनसम्म पृथ्वी जयन्ती मनाउने राप्रपाको तयारी

३ दिनसम्म पृथ्वी जयन्ती मनाउने राप्रपाको तयारी

काठमाडौँ । राप्रपाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई उत्सवको रुपमा मनाउने भएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा शुक्रबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले सो दिवस मनाउन २६ पुसदेखि ३ दिन विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सबै जिल्लामा कार्य समितिको आयोजनामा विविध कार्यक्रमको आयोजना गरिने जानकारी दिए । यस अवसरमा काठमाडौंमा २७ पुसमा चियापान हुने भएको छ ।

त्यसैगरी पृथ्वी जयन्तीमा सार्वजनिक बिदा र नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर अंकित गर्न सरकार तथा प्रधानमन्त्रीसँग राप्रपाले माग गरेको छ । नयाँ पत्रिका दैनिकबाट 

राप्रपा

विशेष