News

कर्णालीमा वर्षासँगै भारी हिमपात, जनजीवन प्रभावित

कर्णालीमा वर्षासँगै भारी हिमपात, जनजीवन प्रभावित

वीरेन्द्रनगर । कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ। बिहीबार अपरान्हदेखि कर्णालीको प्रदेश राजधानी सुर्खेतका उच्च पहाडी क्षेत्र, दैलेख, जुम्ला, कालीकोट, हुम्ला, मुगु, जाजरकोट, डोल्पा, रुकुमपश्चिम र सल्यानमा लगातार हिमपात भइरहेको छ। जिल्लाका पहाडी क्षेत्रमा भने वर्षा भएको थियो।

हिमपातसँगै कर्णालीको जनजीवन कष्टकर भएको छ। विद्यार्थीहरू विद्यालय जान सकेनन् भने सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीहरू पनि कमै पुगे। सडक सञ्जालसँग नजोडिएको हुम्लालगायत कर्णालीका जिल्लाको हवाई सेवा पनि अनियमित भयो,जसले गर्दा कर्णालीआउने र जाने यात्रु गन्तव्यसम्म पुग्न सकेनन्।

मुगु जिल्लाको पुर्वी करान भेगका नौ वटै वडा, खत्याड गाउँपालिकाको खमाले, सेरी, कवा, चाकपाडे, लमेरा, कोटिल्लालगायत, सोरुगाउँपालिकको, सोरुकोट, धैना, कालै, रुम र छायाँनाथ रारा नगरपालिको रारा, ताल्चा विमानस्थल, बामशोभा, लिउडी मुन्दु, कोटिल्ला झ्यारी रोवालगायतका स्थानमा एक फिटसम्म हिउँजमेको छ।

बाक्लो हिमपातले यातायात, विद्युत र सञ्चार सेवा समेत अवरुद्ध भएको छ। चिसो अत्याधिक बढेपछि विद्यालय पनि बन्द गरिएको छ । अघिल्लो हिउँदमा माघको पहिलो साताबाट हिमपात भए पनि यो वर्ष एक महिना अगाडि नै हिमपात सुरु भएको हो। हिमपातसँगैको चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन् । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।  

कर्णाली हिमपात

विशेष