कस्तो छ आजको मौसम ?
काठमाडौँ। शनिबार पनि देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने मौसमविद्ले बताएका छन् । तर शुक्रबार हिउँ र पानी पारेको पश्चिमी वायु कमजोर हुँदै गएकाले शनिबार शुक्रबारको तुलनामा कम हिउँ र पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरको भनाई छ ।
उनका अनुसार शनिबार देशभर कै मौसम एकैछिन उघ्रिए पनि फेरि बादल लागिहाल्नेछ । काठमाण्डाैसहित देशका विभिन्न ठाउँमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुनेछ । यो प्रणाली कमजोर हुँदै गएर बेलुकीदेखि भने पानी पर्न रोकिनेछ ।
तर फेरि अर्को पश्चिमी वायु नेपाल आउने देखिएकाले अझै केही दिन देशभरीको मौसम पूर्ण रुपमा खुल्ने संभावना भने नदेखिएको मौसमविद् मानन्धरले बताईन । पानी र हिमपातपछि देशभरकै जनजीवन प्रभावित भएको छ ।
आजको मौसम