आइएनजिओमार्फत नेपालमा आतंकवादी लगानी भित्रिएको आशंका
काठमाडौंः नेपालमा क्रियाशील केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) र त्यसमार्फत परिचालित गैरसरकारी संस्था (एनजिओ) मा आतंकवादी तथा विखण्डनकारी संगठनहरुबाट लगानी भित्रिएको आशंका गर्दै त्यसको सूक्ष्म अनुसन्धान गर्न जाँचबुझ आयोगले सुझाव दिएको छ ।सरकारद्वारा गठित एक आयोगले लगानीको पारदर्शिता यकिन नभई आइएनजिओलाई ‘कार्य स्वीकृति’ नदिन पनि सिफारिस गरेको छ ।
एक वर्षअघि बुझाइएको प्रतिवेदन सरकारले सार्वजनिक गरेको छैन । मन्त्रिपरिषद् बैठकले २०७५ साउन १८ मा ‘समाज कल्याण परिषदमा भएका आर्थिकलगायत अन्य अनियमितत सम्बन्धमा छानबिन गर्न’ पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यतामा पद्मप्रसाद खतिवडा, प्रदीप पोखरेल, फूलमती चौधरी र वीरबहादुर राई (सदस्यसचिव) रहेको पाँच सदस्यीय आयोग गठन गरेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
लगानी आइएनजिओ