विदेश

बोको हराम लडाकुद्वारा ५० जनाको हत्या

बोको हराम लडाकुद्वारा ५० जनाको हत्या

एजेन्सी। अफ्रिकी मुलुक चाडको एक टापुमा अबस्थित तालमा इस्लामिक लडाकु समुह बोको हरामका लडाकुले ५० जनाको हत्या गरेका छन् । मारिनेमा २० जना क्यामरुनका नागरिकहरु रहेका छन् ।

दुर्गम क्षेत्रमा भएको घटनामा मारिनेमा व्यापारी र माछा मार्नेहरु रहेको स्थानीय मेयरले जनाएका छन् । क्यानेडेली सेनाले पट्रोल गर्न छोडेपछि त्यस क्षेत्रमा बोको हरामको दबदबा थियो ।

नाइजेरियमा सन् २००९ देखि अस्तित्वमा आएको बोको हरामको प्रभाव अहिले छिमेकी मुलुक चाड, क्यामरुन र निजरसम्म फैलिएको छ । 

बोको हराम

विशेष