News

१८ लाख घुस सहित ३ जना अख्तियारको फन्दामा

१८ लाख घुस सहित ३ जना अख्तियारको फन्दामा

सिराहा। सडक डिभिजन कार्यालय सिरहाका तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । 

कार्यालय प्रमुख विनोद साह ३ लाख, इन्जिनियर नविनकुमार साह र सबइन्जिनियर विरेन्द्र कुमार साहलाई १५ लाख ९६ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दीबास कार्यालयले शुक्रबार राति पक्राउ गरेको हो ।

उनीहरुले निर्माण व्यवसायीसँग सडक निर्माण कालोपत्रेको कामका लागि कमिशन स्वरुप रकम माग गरेको उजुरी परेपछि अख्तियारले स्टिङ अपरेशन गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 

घुस

विशेष