News

हिरासतमा रहेका १२२ जना चिनियाँकाे बयान सुरु

हिरासतमा रहेका १२२ जना चिनियाँकाे बयान सुरु

काठमाडौं – केही दिनअघि पक्राउ परेका १ सय २२ जना चिनियाँकाे बयान सुरु भएकाे छ। नेपालमा बसेर अवैध गतिविधि गरिरहेको आरोपमा पक्राउ परेका उनीहरुकाे जिल्ला प्रशासन कायालयमा बयान सुरु भएकाे हाे। 

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले चिनियाँ नागरिकको बयान लिने काम भइरहेको अनलाइनखबरलाई बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसर टेकुले ७ पुसमा संयुक्त अपरेशन चलाएर उनीहरुलाई पक्राउ गरेको थियो ।

सम्भवतः प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आइतबारबाटै चिनियाँ नागरिकको कसुरमाथिको आदेश सुनाउने प्रशासन कार्यालयका अधिकारीहरु बताउँछन् । बयानपछि थुनछेक बहस हुनेछ । प्रहरीले चिनियाँ नागरिक साइबर अपराधमा संलग्न रहेको दाबी गरे पनि उनीहरुमाथि अभद्र व्यवहारको अभियोगमा मुद्दा चलाइएको छ ।

विशेष