News

'नेकपाको सचिवालय अपूर्ण छ'

'नेकपाको सचिवालय अपूर्ण छ'

धनगढी - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे  सचिवालय अपूर्ण रहेकाे  टिकाटिप्पणी सुरु भएकाे छ। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको सचिवालय अपूर्ण भएको टिप्पणी सार्वजनिक कार्यक्रममा गरेका छन् ।

आइतबार धनगढीमा पुष्पलाल मिलन केन्द्रले आयोजना गरेको कार्यक्रममा नेता नेपालले भने, ‘पार्टीको सचिवालय जसरी मिलाउनु पर्ने हो, अलिकति मिलेको छैन ।’

तत्कालीन एमालेका उपाध्यक्षहरुलाई पनि सचिवालयमा ल्याउनुपर्ने उनको भनाइ छ । उनले अघि भने, उपाध्यक्ष त माथिको पद हो पूर्वएमालेका उपाध्यक्षहरु पनि सचिवालयमा ल्याउनुपर्छ ।’ तत्कालीन एमालेका उपाध्यक्षद्वय भीम रावल र अष्टलक्ष्मी शाक्य नेकपाको सचिवालयमा छैनन् ।

उनीहरुलाई सचिवालयमा ल्याउँदा सुदूरपश्चिम प्रदेश र महिलाको पनि प्रतिनिधित्व हुने भन्दै नेता नेपालले भने ‘संख्या नौ को ठाउँमा पन्ध्र हुन्छ, के फरक पर्छ ?’ पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले अमेरिकी मेलनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा आफूहरू गम्भीर रहेको समेत बताएका छन् ।

विशेष