News

विद्युत् महशुल घटाउने तयारी

विद्युत् महशुल घटाउने तयारी

काठमाडौंः विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ । शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिएका हुन् ।

देशमा बिजुली पर्याप्त भएको भन्दै उपभोक्ताहरुलाई विद्युतीय चुल्होको प्रयोग बढाउन प्रोत्साहन मिल्ने गरी यस्तो गर्न लागिएको उनले बताए ।

ऊर्जा मन्त्रालयले यसै वर्षबाट ग्यासको अनुदान हटाउन प्रस्ताव गरेपनि अर्थ मन्त्रालयले आगामी बजेटबाट यस्तो अनुदान हटाउन सक्ने बताएको उनको भनाइ छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकबाट लिइएको हो ।

वर्षमान पुन ‘अनन्त’ विद्युत महशुल

विशेष