News

नक्कली भारतीय रुपैयाँसहित एकजना पक्राउ

नक्कली भारतीय रुपैयाँसहित एकजना पक्राउ

पर्साः दुई हजार दरको नक्कली भारतीय रुपैयाँसहित वीरगञ्जबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ बस्ने २९ वर्षीय रियाज देवान रहेका छन् ।

शनिबार राति कार्यालयबाट खटिएको प्रहरी टोलीले महागरपालिकाको वडा नम्बर ८ मा रहेको बसपार्कस्थित होटल साह प्याराडाइजमा चेकजाँच गर्ने क्रममा देवानको साथबाट दुई हजार दरको तीनवटा नक्कली भारतीय नोट फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पर्सा नक्कली भारतीय रुपैयाँ रियाज देवान

विशेष