डिप्रेशन कारण र समाधान (भिडियोसहित)
काठमाडौँ । कार्यव्यस्तता, कुनै अकस्मात आइलाग्ने विपत्ति, आर्थिक वा अन्य कारणले अचेल धेरैजसो मानिसहरु मानसिक रोगी हुने गरेका छन् । मानसिक रोग विभिन्न प्रकृतिका छन् । त्यसमा डिप्रेशन सबैभन्दा बढी मानिसलाई लाग्ने रोग हो ।
डिप्रेशन रोग लागेका रोगीहरु हेर्दा सामान्य जीवन शैली बिताइरहेका हुन पनि सक्छन् भने गहन प्रकृतिका डिप्रेशन रोग लागेका व्यक्तिमा भने विभिन्न शारिरीक परिवर्तन पनि देखा पर्छन ।
डिप्रेशनबारे विभिन्न भ्रम पनि छन् । डिप्रेशन जस्ता मानसिक रोग लागेपनि व्यक्तिहरु समाजले के भन्ला भनेर आफूलाई लागेको समस्याबारे कोही कसैसँग गुनासो गर्दैनन् जानकारी गराउँदैनन् । डिप्रेशन, चिन्ता, अनिद्रा जस्ता समस्या साना व्यक्तिदेखि ठूला व्यक्तिलाई पनि परिराखेका हुन्छन् । मानसिक रुपमा चिन्तामा डुबेका व्यक्तिहरु अक्सर रुपमा कोही कसैलाई केही भन्न चाहँदैनन् ।
तर अब त्यसरी समस्या लुकाउनेभन्दा सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई जानकारी गराए समस्याको जरो नै निकालेर फाल्न सकिन्छ । मनोशास्त्र काउन्सिल एण्ड रिसर्च सेन्टर यस्तै समस्या समाधानका लागि खुलेको संस्था हो जसले मानसिक रुपमा समस्यामा परेकाहरुलाई सही मार्गनिर्देश गर्छ । बाटो देखाउने कार्य गर्छ ।
हुन पनि मानिसक रोग लागेका मानिसहरुले समयमैँ दिशानिर्देश पाएमा पूर्ववत् सम्मानित जीवन जिउन सक्छन् । मनोविद् तृष्णा घोष मानसिक रुपमा समस्यामा परेकालाई सही बाटो देखाउने कार्य गर्नुहुन्छ । यसका लागि समयमैँ वा आफूमा परिवर्तन आउनासाथै सल्लाह सुझाव लिनुपर्छ । उहाँ भन्नुहुन्छ : ‘रोग भित्रभित्रै गुम्स्याउँदा समस्या झन बल्झिन्छ ।’
हामीले मनोविद् घोषसँग डिप्रेशनजस्ता मानसिक रोग, त्यसका लक्षण, कारण र समाधानबारे जानकारी लिएका छौँ :
तृष्णा घोष मनोशास्त्र काउन्सिल एण्ड रिसर्च सेन्टर