देउवा भेटन प्रचण्ड किन पुगे देउवा निवासमा
काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । कांग्रेस सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा दुई नेता बीच समसामयिक घटनाक्रमका विषयमा करिब दुई घन्टा कुराकानी भएको थियो ।
भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगमा पूर्णता दिनेबारे छलफल भएको थियो । दुवै आयोगमा पदाधिकारीलाई छिट्टै पूर्णता दिन दुबै नेता सहमत भएका छन् ।
भेटमा कांग्रेस सभापति शेरवहादुर देउवाले सरकारले पछिल्लो समय संबिधान प्रतिकुल हुने गरी केही कानुनको मस्यौदा गरेको भन्दै ध्यानाकर्षण गराएका छन् ।
जवाफमा दाहालले संबिधान प्रतिकुल कानुन निर्माण हुन नसक्ने भन्दै विवाद भएका विषयमा सदनमै छलफल गरेर त्यसको समाधान निकाल्न सकिने बताएका छन् ।