मेनपावरको ठगीधन्दा, मंसिरमा मात्र ५ लाख ठगी

काठमाडौ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न नसक्दा युवाहरु ठगिने क्रम रोकिएको छैन । वैदेशिक रोजगारीको नाममा युवाहरु (महिला र पुरुष) लाई ठगी गर्नेमा संस्था तथा व्यक्तिहरु रहेको पाइन्छ ।
वैदेशिक रोजगार विभागमा युवाहरुले विदेश पठाउने नाममा संस्था अर्थात मेनपावर र व्यक्तिहरुले ठगी गरेको भन्दै प्रशस्त उजुरी आउने गरेको छ ।
चालू आर्थिक वर्ष ९२०७६र ०७७० को पहिलो पाँच महिनामा मात्र संस्थागत अर्थात मेनपावरले १९ करोड २९ लाख २४ हजार सात सय रुपैयाँ ठगी गरेको दाबी गर्दै युवाहरुले वैदेशिक रोजगार विभागमा छ सय ४१ वटा उजुरी दर्ता गराएका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
मेनपावर