News

ट्राफिक नियम मिच्नेलाई एक लाखसम्म जरिवाना

ट्राफिक नियम मिच्नेलाई एक लाखसम्म जरिवाना

काठमाडौं ।  सरकारले सवारी नियम उल्लंघनका घटनामा कमी गराउन भन्दै नियम उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था गर्ने तयारी गरेको छ । हाल सवारी नियम मिच्नेलाई न्युनतम ५ सय र अधिकतम ५ हजार जरिवाना गराउने प्रावधान रहेको छ । अब भने न्यूनतम जरिवाना नै २ हजार र अधिकतम एक लाखसम्म  तयारी सरकारको रहेको छ । 

यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनलाई परिमार्जन गर्दै सवारी उल्लंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना पुर्याउने तयारी गरेको हो । विभागले कसुरको प्रकृतिअनुसार सजाय रकम बढाउनेदेखि लाइसेन्स निलम्बन र खारेज गर्नेसम्मको प्रावधान राखेको छ ।

यातायात व्यवस्था विभागले जरिवाना बढाउँदा सवारी नियम उल्लंघनमा कमि आउने जनाएको छ । विभागले दर्ता नगरी सवारी चलाएमा, स्वीकृति नलिई सवारीसाधनले सिट थपेमा वा सवारीको स्वरुप, इन्जिन तथा च्याचिसमा परिवर्तन गरेमा,  तोकिएको भन्दा बढी भाडा लिएमा तथा क्षमता भन्दा बढी यात्रु राखेमा जरिवाना वृद्धि गर्ने तयारी गरेको छ ।
 

ट्राफिक नियम

विशेष