चितुवाको आक्रमणबाट बालकको मृत्यु

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको आबुखैरेनीमा आइतबार साँझ एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका–१ रानागाउँका ८ वर्षीय पुजन सिंजाली मगर रहेको इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताए ।
घरको पूर्व दुईसय मिटर भीरमा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
चितुवा