News

सप्तऋषी अस्पतालको चरम लापरवाही: २४ घण्टामा ४ नवजात शिशुको मृत्यु

सप्तऋषी अस्पतालको चरम लापरवाही: २४ घण्टामा ४ नवजात शिशुको मृत्यु

सिरहा । सिरहाको लहान नगरपालिका ३ अबस्थित सप्तऋषि अस्पतालमा  चौबीस घण्टा नपुग्दै ४ नवजात शिशुको मृत्यु भएको छ । पौष १८  देखि १९ गतेसम्ममा ४ शिशुको मृत्यु भएको पीडितहरुले बताएका छन् । 

२ जना नर्मल र दुई जनाको अप्रेसन भएर भएको बच्चाहरुमध्ये चारै जनाका छोरा जन्मिएका थिए ।मृत्यु हुनेमा सिरहाको  सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर ( ३ टोल दिनाजपुरका जानकी  यादबको छोरा, औरही गाउँपालिका  वडा नम्बर (१ दरैहिया टोलका प्रमिला यादवको छोरा रहेको पीडितका पति लालबहादुर यादवले बताए। 

त्यसैगरि सप्तरीको बलानबिहुल गाउँपालिका वडा नम्बर ३ का संगिता शाहको नर्मल डेलिभरी भएपनी डाक्टर र अस्पतालका कर्मचारीको लापरबाहीको कारणले मृत्यु भएको पीडितका पति मनोज साहले बताए । एक जनाको नर्मल बच्चा भएर खेर गएको र  उनलाई सम्झाई बुझाई घर पठाई दिएकोले उनको नाम खुल्न नसकेको उनीहरुले बताए ।

लाईसन्स नभएको डाक्टरले अप्रेसन गरेकाले यस घटनामामा सरासर अस्पतालकै लापरबाही रहेको पिडितहरु बताउछन ।   रातीमा सो अस्पतालमा धेरै लापरबाही हुनेगरेको भन्दै उनीहरुले भने  ड्युटीमा रहेको कर्मचारीहरु  मस्त निन्द्रामा रहने गरेको पीडित पक्षको भनाइ रहेको छ । अस्पतालको संचालक र  अप्रेसन गरेको  नाम न भन्ने ती  डाक्टरलाई कानुन बमोजिम कार्बाही नगरेसम्म र अस्पताल प्रसाशनलाई सुधार नगरेसम्म आफुहरु आन्दोलित हुने एक जना पीडितका पति ओपिन्द्र यादवले भने ।

 यता अस्पताल संचालक डाक्टर  पशुपति चौधरीले अप्रेसन गरेको डाक्टरको लाईसन्स रहेको दाबी गरे ।   अस्पतालबाट  गल्ती भएको उनले स्विकार्दै अब देखि यस्तो गल्ती नगर्ने भन्दै पीडितहरुसंग मिल्न खोजिरहेको पीडितहरुले बताएका छन् ।

सप्तऋषी अस्पताल

विशेष