News

एक युवतीसहित ५ जना लागूऔषध कारोबारी पक्राउ

एक युवतीसहित ५ जना लागूऔषध कारोबारी पक्राउ

कैलालीः लागूऔषध ब्राउन सुगर कारोबारमा संलग्न भएको आरोपमा एक महिलासहित ५ जना पक्राउ परेका छन् ।  

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१ का २२ वर्षीय समिर घिमिरे, २६ वर्षीय सौगात बोन सिजापति, २३ वर्षीय रोहित नेपाली, ३० वर्षीय रोशन सिंह र २० वर्षीया अस्मि ढुङ्गाना रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतका अनुसार विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–१ बाट पाँचै जनालाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगरलगायत लागूऔषधसमेत बरामद गरेको छ ।

लागूऔषध अस्मि ढुङ्गाना रोशन सिंह रोहित नेपाली सौगात बोन सिजापति समिर घिमिरे

विशेष