विदेश

अस्ट्रेलियामा पानी पर्यो, डढेलो नियन्त्रणमा आउला त ?

अस्ट्रेलियामा पानी पर्यो, डढेलो नियन्त्रणमा आउला त ?

डढेलोका कारण गम्भीर संकटको सामना गरिरहेको अस्ट्रेलियामा पानी परेको छ । वर्षासँगै लगातार बढेको तापक्रम पनि केही घटेको छ ।

तीव्र गतिको हावा र बढ्दो तापक्रमका कारण गएको सेप्टेम्बरदेखि फैलिएको डढेलोले अस्ट्रेलियामा विकराल रुप लिएको छ । आइतबार तथा सोमबार परेको पानीले त्यसमा केही राहत दिए पनि यहि वर्षाले डढेलो नियन्त्रणमा नआउने चेतावनी सरकारी अधिकारीको छ ।

अस्ट्रेलियाको सिड्नी, मेलबर्नसहितका पूर्वी तटीय क्षेत्रमा वर्षा भएको छ । डढेलोले अति प्रभावित भएको न्यू साउथ वेल्सका केही क्षेत्रमा पनि वर्षा भएको छ । तर अधिकारीहरुले आउँदो बिहीबारदेखि पुनः तापक्रम बढ्ने चेतावनी दिएका छन् । यस्तै भिक्टोरिया तथा न्यू साउथ वेल्समा भीषण डढेलोका कारण थप संकट आउन सक्ने उनीहरुको भनाई छ ।

 

अस्ट्रेलियामा पानी

विशेष