मेलम्चीजस्तै छ बबई सिंचाई आयोजनाको ताल (फोटोफिचर)
नेपालमा पूर्वाधारका काम कहिले सकिन्छ ? एक, दुई, तीन वर्ष हुँदै अब तीन दशकमा पनि अत्तोपत्तो नलाग्ने हुन थालेको छ । काठमाडौंबासीले दुई पुस्तादेखि सुन्दै आएको मेलम्चीको कथा जस्तै राष्ट्रिय गौरवका आयोजनाको ताल पनि उस्तै छ । दर्जनौं सरकार फेरिए । राजनीतिक प्रतिवद्धता पनि छ । पैसा पनि छुटिएकै छ । फिल्डमा कामदार पनि खटिएकै छन् । तर कुनै न कुनै निहुँमा काम अड्किएकै छ ।
त्यसो त सरकारले जुनसुकै समस्यालाई सहजीकरण गर्न मुलुकका महत्वपूर्ण आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका प्राथमिकतामा राखी काम सम्पन्न गराउने नीति लिएको छ । यद्यपि काममा अपेक्षित गति आउन सकेको छैन । यस्तै नियति भोगिरहेको छ– मध्यपश्चिमको बबई सिंचाई आयोजनाले ।
बर्दिया जिल्लाका करिव २६ हजार हेक्टर कृषियोग्य भूमिमा सिंचाई सुविधा पुर्याउने लक्ष्यसहित तीन दशकअघि शुरु भएको बबई सिचाई आयोजना अझै सम्पन्न भएको छैन् ।
नेपालका विकास आयोजनाका काम कुन गतिमा सञ्चालन हुन्छन भन्ने यो अर्को नमूना हो । आयोजनाको अवधि थप्दै थप्दै अहिले ०७९ पुर्याइएको छ । म्याद थपिँदै जाँदा २८७ करोड अनुमानित लागत रहेको आयोजना हाल १२ सय ५६ करोड पुगेको छ ।
यस आयोजनाका लागि यो आर्थिक वर्ष १ अरब २४ करोड विनियोजन गरिएको छ । आयोजनाको सम्पूण खर्च नेपाल सरकारले व्यहोर्दै आएको छ । डाइभर्सनको काम सकिए पनि पानी चुहिने समस्यापछि पुन डाइभर्सन मर्मतको काम भइरहेको छ ।
आयोजनाका अनुसार ७७ किलोमिटर नहर निर्माणको लक्ष्य रहेकोमा ५५ किलोमिटर सम्पन्न भएको छ । बाढीबाट क्षतिग्रस्त क्षेत्र तथा संरचना तटबन्ध पुननिर्माणको १४ किलोमिटर मध्ये १० किलोमिटर काम सकिएको छ । आयोजनाको समष्टिगत भौतिक प्रगति ६० र वित्तीय प्रगति ४७ दशमलव २ प्रतिशत रहेको छ ।
अहिले धमाधम नहर निर्माण, सर्भिस सडक निर्माण, नहर सञ्चालन, जलमापन गेज निर्माण र डाइभर्सनका काम धमाधम भइरहेको छ । जग्गा अधिग्रहणमा विवाद, निर्माण सामाग्री आपूर्तिमा कठिनाइ, बाढीको प्रकोप, निकायगत समन्वयको अभावले अझै पनि आयोजना समयमै सकिनेमा आशंका रहेको छ ।
बबई सिंचाई २६ हजार हेक्टर