अष्ट्रेलिया आगलागीमा ५० करोड वन्यजन्तु मरे (तस्बिरसहित)
एजेन्सीः यतिखेर अष्ट्रेलियाको जंगलमा लागेको भीषण आगलागी उग्र रूप लिएको छ । चार महिनादेखिको डढेलो नियन्त्रणमा आउने भन्दा बढी नियन्त्रण बाहिर गइरहेको छ । गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले मानिस र जनावरलाई भयानक रुपमा प्रभावित पारेको छ ।
डढेलोका कारण अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ भने करीब ५० करोड जनावर र पंक्षी मरेका छन् । आगोले २ सय बढी घरमा पनि क्षति पुगेको छ । थुप्रै मानिसहरु अहिले पनि आगोबाट प्रभावित क्षेत्रमा बसिरहेका छन् ।युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टले अहिलेसम्म ५० करोड जनावर डढेर मरिसकेको उल्लेख गरेको छ । यसमा स्तनधारी पशुपंक्षीका साथै घस्रने जनावर पनि समावेश छन् ।