फुडमाण्डु अनलाइन फुड फेस्टिवल आजदेखि सुरु
काठमाडौँ। फुडमाण्डु अनलाइन फुड फेस्टिवल आजबाट सुरु भएको छ । वर्षकै बहुप्रतिक्षित फुड फेस्टिवलले सहभागीहरुलाई उत्कृष्ट खानाका परिकारहरु, विभिन्न डिलहरु र अफरहरुका साथै अनलाइन गेम्सको अनुभव प्रदान गर्नेछ ।
यस पटक नेपालको फुड डेलिभरी जायन्टले आफ्नो गेमलाई समेत अपग्रेड गरेको छ । यसले नेपालमै पहिलो पटक अग्मेन्टेड रियालिटी फिचर शुरुवात गर्दैछ, जसमा ग्राहकहरुले मोबाइल एपमार्फत सजिलै प्रवेश गर्न सक्नेछन् । प्रवेशपछि उनीहरुले त्यहाँ र उनीहरुको छिमेकमा भर्चुअल भौचरहरु खोज्नुपर्नेछ र त्यसलाई अर्डरको समयमा उपयोग गर्न सकिनेछ ।
नयाँ फीचर थप गरिएको बारेमा फुडमाण्डुका प्रमुख कार्यकारी अधिकृत निधान श्रेष्ठले भने, ‘प्रत्येक वर्ष हामी अनलाइन फुड फेस्टिवललाई अन्तरकृयात्मक बनाउन नयाँ फिचरहरु थप गरिरहेका छौं । पहिलो त यो अनलाइन अवतार हो र यो पटक अग्मेन्टेड रियालिटी आएको छ । ‘भौचर हंट’ एउटा अग्रगामी कार्य हो जुन हामीले ग्राहकहरुका लागि स्टोरमा राखेका हुन्छौं ।’
शहरभरीका ३० रेष्टुरेन्टहरुले यो ७ दिने कार्निभलमा ग्राहकहरुलाई विभिन्न किसिमका प्रशन्न पार्ने पाककला प्रदर्शन गर्नेछन् । कन्टिनेन्टलदेखि एशियन, भारतीयदेखि नेपाली, विश्वभरका व्यन्जनहरु उच्च छुटहरुमा अफर गर्नेछन् । अझ यसमध्ये पनि सबैले चाहेको ‘सबै रु.१ अफर’ फेरी एक पटक आएको छ, जसका साथमा फ्ल्यास डिल्सजस्ता लोकप्रिय अफरहरु छन् ।
यो अफरहरु दैनिक तीनपटक लाइभ हुनेछन् भने मिस्ट्रि ब्याग(एउटा पूर्ण ह्याम्पर जसमा खानेकुरा र फ्रिबिज हुनेछन्), र अनलाइन गेमहरु समेत रहेका छन् । केहि नयाँ सामाग्रीहरु समेत ती अफरहरुमा उपलब्ध हुनेछन्, फुड फेस्टिभलमा नयाँ अग्मेन्टेड रियालिटी फिचरको शिष्टाचारसँगै सहभागीतामा नयाँपन देखिनेछ ।
फुडमाण्डु अनलाइन फुड फेस्टिवल