News

विदेशबाट नै पुनः श्रम स्वीकृति दिइने तयारी

विदेशबाट नै पुनः श्रम स्वीकृति दिइने तयारी

काठमाडौं– सरकारले आगामी ३ महिना भित्रमा विदेशबाट नै पुनः श्रम स्वीकृति दिने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादवले उक्त जानकारी दिएका हुन् ।

मन्त्री यादवले  श्रमिकका सुविधालाई मध्यनजर गर्दै श्रमिक बैंक खोल्नका लागि योजना अघि सारेको पनि बताए ।सरकारले वैदेशिक रोजगारीका लागि युरोपको श्रम बजार समेत खोजीरहेको मन्त्री यादवको भनाइ थियो ।

गत मङ्सिर ४ गते भएको मन्त्रीमण्डल पुनर्गठनका क्रममा तत्कालीन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विस्टलाई विस्थापित गरेर आएका यादवले सामाजिक सुरक्षा योजनालाई प्रभावकारी रुपमा कार्यन्वयन गर्ने पनि प्रतिवद्धता जनाए ।

विशेष