नाडा प्रतिनिधि मण्डल र ट्राफिक प्रहरी महाशाखाका प्रमुखबीच छलफल
काठमाडाैँ – नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको १३ सदस्यीय नाडा प्रतिनिधि मण्डलले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकालसंग छलफल गरेकाे छ। छलफलकाे क्रममा राजधानीको ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र निराकरणहरु बारे बहस गरिएकाे नाडाले जनाएको छ ।
छलफलमा ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिमप्रसाद ढकालले आफनो कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गर्दे नयाँ केन्द्रीय कार्य समितिको सफलताको कामना गरे ।
महाशाखाका प्रमुख ढकालले राजधानीको ट्राफिक व्यवस्थापनको सन्दर्भमा देखिएका विभिन्न समस्या र चुनौतिहरु बारे चर्चा गर्दे चालक र पैदलयाात्रुहरुको सुरक्षा र सहजताको लागि सडकको जेब्राक्रसमा रातो पहेलो र हरियो रङ्गको बत्ती राख्ने व्यवस्थाका लागि नाडासंग मिलेर काम गर्न चाहेको छलफलमकाे क्रममा बताए।
अध्यक्ष दुलालले महाशाखा र नाडाबीच विगतको समयदेखि नै हुँदै आएको सहकार्य बारे चर्चा गर्दै नाडाले ट्राफिक प्रहरीको संख्या ज्यादै कम भएकोले त्यसको संख्या बृद्धि गर्न सम्बद्ध निकायहरुमा पहल गर्दे आएको बताए ।
उनले महाशाखाले राजधानीको ट्राफिक व्यवस्थापनमा देखाएको भूमिकाको प्रसंशा गर्दे यसलाई अझ थप सुधार गर्नु पर्ने खाँचो रहेको र नाडा त्यसका लागि सहयोग गर्न तयार रहेको बताए।
उक्त छलफल पछि नाडाका अध्यक्ष दुलालले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकाललाई २०० सिसिको जेण्टलमेन मोटरसाइकलको साँचो हस्तान्तरण गरे । विगतमा पनि आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत ट्राफिक प्रहरी तथा प्रहरी कार्यालयहरुलाई मोटरसाइकल प्रदान गर्दे आएको नाडाले जानकारी दिएको छ ।
नाडाले २०६७ साल देखि नै नाडाको प्रत्येक साधारण सभामा राजधानीका उत्कृष्ट ३ जना ट्राफिक प्रहरीलाई कदर पत्र सहित प्रोत्साहन स्वरुप जनही २५ हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।
उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल, सुरज भट्टराई, मिलनबाबु मल्ल, पंकज अग्रवाल, निलमणी पाठक, प्रकाश कपुरी, कपिल शिवाकोटी र शुभासिस थपलिया समेतको उपस्थिति रहेको थियो ।