बाल विवाह एवम् दाइजो उन्मूलनको लागि शिक्षा अभियान
काठमाडौं – बाल विवाह एवम् दाइजो मुक्त नेपाल, राष्ट्रिय अभियानले गरीब तथा दलित (कामी,सार्की, दमाई,मुसहर,चमार, डोम, हल्खोर) लगायतका बालबालिकालाई शिक्षामा पहुँच पुर्याउने उद्देश्यले छात्रवृति अभियान सञ्चालन गरेको छ ।
यो अभियानको उद्देश्य बाल विवाह एबम् दाइजो प्रथा उन्मूलन रहेको अभियानका संयोजक डा.सी.के.सिंहले बताए ।
नेपालमा सबै भन्दा बढी बाल विवाह हुने समुदायनै दमाई, सार्की, कामी, मुसहर, चमार, डोम, हलखोर हो र यसको प्रमुख कारण गरिबी र अशिक्षा रहेको कुरा अभियानका सदस्य सचिव कुमार भास्करले भने,'गरिबीको कारणले गर्दा सानो उमेरमै बिहे गरियो भन्ने दाइजो कम दिनुपर्छ भन्ने मनसायले सानै उमेरमा आफ्ना छोराछोरीको बिहे गर्दिन्छन् जसका कारणले उनीहरू शिक्षा बाट वञ्चित हुन्छन् र नेपालमा बाल विवाह बढ्दै गएको छ ।'
त्यस्तो समुदायलाई लक्षित गरी बाल विवाह एवम् दाइजो मुक्त नेपाल, राष्ट्रिय अभियानले पढ्न चाहने बालबालिकालाई शिशु कक्षादेखि उच्च कक्षासम्म पूर्ण छात्रवृति दिने अभियान सञ्चालन गरेको उनले बताए ।
सो छात्रवृति लिन चाहने बालबालिका र अभिभावकले अभियानले तोकेको शर्त मान्नु पर्ने हुन्छ र कुनै कुरा सोधपुछ गर्नु परेमा अभियानको सचिवालय माइतीघर, काठमण्डौ–११ , वा ९८५१०१६१८८ , ९८०७७३४७१२ मा सम्पर्क गरेर जानकारी लिन सकिन्छ।
छात्रवृत्तिका शर्तहरू यसप्रकार छन्।
१. अति गरीब तथा अति विप्पन बालबालिका र अभियानले तोकेको जातिको बालबालिकाले मात्र छात्रवृति पाउने ।
२. छात्रवृति पाउने बालबालिका नियमित विद्यालय जानु पर्ने हुन्छ ।
२. २० वर्ष नपुगी आफ्नो तथा आफ्नो परिवारमा(दाइ , भाइ, दिदी, बहिनी) कसैको विवाह नगर्ने।
३. आफ्नो तथा आफ्नो परिवारको बिहेमा दाइजोको लेनदेन नगर्ने ।
४. बाल विवाह तथा दाइजो लेनदेनको बिहेलाई बहिस्कार गर्ने र त्यसको भोज भतेर मा शामिल पनि नहुने।
बाल विवाह एवम् दाइजो मुक्त नेपाल, राष्ट्रिय अभियान कानुनी रूपमा सक्षम फाउन्डेसन नेपाल द्वारा संचालित भए पनि यो एउटा स्वेत जन अभियान हो र यसको आफ्नो छुट्टै राष्ट्रिय कार्यसमिति, प्रदेश कार्यसमिति, जिल्ला कार्य समिति , गाउँ पालिका र नगरपालिका कार्य समिति तथा छुट्टै नीति नियमहरू छन् ।
यो अभियानमा विभिन्न पेशामा आवद्ध करीब २ हजार भन्दाबढी सदस्यहरू छन् । यो अभियानको उदेश्यनै नेपालबाट बाल विवाह र दाइजो कुप्रथा उन्मूलन गर्नु हो ।
बाल विवाह एवम् दाइजो मुक्त नेपाल, राष्टिय अभियानले देशको विभिन्न भागमा बाल विवाह तथा दाइजो कुप्रथा विरुद्ध जनचेतना मुलक कार्यक्रम, अभियन्ता हरुलाई सम्मान, विचार गोष्ठी जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।
बाल विवाह एबम् दाइजो मुक्त नेपाल ,राष्ट्रिय अभियानले छात्रवृति दिनुको मुख्य उदेश्य नै बाल विवाह र दाइजो कुप्रथा उन्मूलन गर्नु हो त्यही भएर यो अभियानमा सहयोग र साथ दिनको लागि सबै पक्षहरू संग हार्दिक अनुरोध गरेको कुरा अभियानका सह संयोजक तपेश्वर यादवले बताए।यो अभियानमा सहयोग गर्न को लागि अभियानले बैंक खाता र ई सेवा खाता पनि उपलब्ध गराएका छन्