लोकसेवा आयोगले १ हजार नायब सुब्बाको विज्ञापन गर्दै

काठमाडौंः लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) स्तरमा एक हजार पदमा नयाँ विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले नायब सुब्बातर्फ प्राविधिक र अप्राविधिक गरी बुधबार एक हजार पदमा नयाँ भर्ना आह्वान गर्ने गृहकार्य अन्तिम चराणमा पुर्याएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमाबार नायब सुब्बातर्फ भर्ना खुला गर्ने निर्णय गरेसँगै लोकसेवाले नायब सुब्बाको विज्ञापन गर्ने निश्चित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार संघअन्तर्गत देशभरका विभिन्न कार्यालयमा गरी नायब सुब्ब स्तरका एक हजार पद रिक्त छ ।
सोही रिक्त पदमा सम्बन्धित कार्यालयको मागका आधारमा लोकसेवा आयोगले पदपूर्ति गर्न लागेको हो । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।
लोकसेवा आयोग नायब सुब्बा विज्ञापन आह्वान