उपेन्द्र र चित्रलेखा यादवले नै गरे नख्खुखोलाको जग्गा कब्जा
काठमाडौंः ललिता निवास बालुवाटारको १ सय १४ रोपनी जग्गमा अतिक्रमढा गर्ने देशका प्रतिष्ठित व्यक्तिहरु नै रहेका छन् । नीति निर्माण तहमा रहेका र प्रभाव पार्नसक्नेहरुले नै प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवासको जग्गा अतिक्रमण गरे ।
यस्तै निती निर्माण गर्ने तहमा रहेकाहरुले सैबुको नख्खु खोलाको हजार भन्दा बढी रोपनी जग्गा अतिक्रमण गरेका छन् । नख्खु खोला बग्ने ठाउँ नै अन्यत्र सार्ने निर्णय मन्त्रिपरिषदबाट गरेर हजार रोपनी जग्गा अतिक्रमण गर्नेमा समाजवादीका अध्यक्ष उपेन्द्र यादव, पूर्व शिक्षामन्त्री चित्रलेखा यादव, व्यापारी राजेशबाबु श्रेष्ठलगायतका भीभीआइपीहरु छन् । यादव केही दिनअघिसम्म पनि वर्तमान सरकारमा काुनन मन्त्रालयको जिम्मेवारीसहित उप्रधानमन्त्री थिए ।
नक्कली खोला बनाएर जीवनभरको कमाई खर्च गरी जग्गा किनेर घर बनाएका करिब ३ सय घरपरिवारलाई उठीबास लगाउने काम भएको छ । उनीहरुले अहिले धमाधम नख्खु खोला बगिरहेको ठाउँमा जग्गा प्लानिङ गरिरहेका छन् । नक्कली नख्खु खोलामा छिटो ढल हाल्न पनि उनीहरुले दबाब दिइरहेका छन् । याे खबर आजकाे दृष्टि साप्ताहिकबाट लिइएकाे हाे ।
जग्गा कब्जा नख्खु खोला ललिता निवास बालुवाटार