News

उपत्यकाको यी स्थानमा आज ७ घण्टा बत्ती नआउने

उपत्यकाको यी स्थानमा आज ७ घण्टा बत्ती नआउने

काठमाडौँ। राजधानीका केही स्थानमा मंगलबार ७ घण्टा बत्ती जाने भएको छ। चक्रपथ विस्तार कार्यको लागी रुख कटान गर्न महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरित लाइन विहान ९ बजेबाट ४ बजेसम्म सट डाउन हुने नेपाल विद्युत् प्राधिकरणले बताएको छ।

ओम फिडरबाट वितरीत लाइन सट डाउन हुँदा सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल, लगायतको क्षेत्रमा विद्युत प्रवाह रोकिने भएको हो।

रुख कटान कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुने प्राधिकरणले जानकारी दियो।

बत्ती नआउने

विशेष