नेपाली पार्कर खेलाडी दिनेशले बनाए चौंथो कीर्तिमानी
अमेरिका/ भर्जिनिया। नेपाली पार्कर खेलाडी दिनेश सुनारले चौंथो पटक विश्व रेकर्ड राख्न सफल भएका छन। “The Most backwards somersaults against on trampoline in one hour “ विधामा नेपाल् का दिनेश सुनारले सो विश्व रेकर्ड राखेका हुन।
अमेरिकाको भर्जिनिया राज्यमा आयोजित सो रेकर्ड सम्बन्धी कार्यक्रममा दिनेशले एक घन्टामा ४६० पटक ब्याक फ्लिप हान्न सफल भएका थिए। गिनिज बुकले सो विधाको लागी २०० ब्याक फ्लिप कायम गरेकोमा दिनेश २६० पटक ब्याक फ्लिप हासिल गर्न सफल भएका थिए ।
अमेरिकाको भर्जिनियामा ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लि.द्वारा आयोजित कार्यक्रममा भ्रमण वर्ष २०२०लाई लक्षित गरी नेपालको पार्कर खेललाई विश्व सामु चिनाउने थप प्रयत्नका साथ पार्कर खेलको अर्को “The most backwards somersaults against on trampoline in one hours” विधामा दिनेश सुनारले चौथो विश्व किर्तिमान राखेका हुन ।
गिनिज बुककाे रेकर्डमा भने दिनेशको यो चौथो किर्तिमानी हो । विश्व किर्तिमानी दिनेशले छोटो कुरा गर्दै अमेरिकामा आएर पनि देशको लागी थप किर्तिमान राख्न पाउदा खुशीको सिमा नरहेको बताएका छन ।
#दिनेश सुनार